• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
प्रदेश १ का ११ जिल्लालाई बारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण
प्रकाशित मिति: बिहीबार, आश्विन २९, २०७७

प्रदेश १ सरकारले प्रदेशका ११ वटा जिल्लाका एक/एक स्थानीय तहलाई ‘मुख्यमन्त्री एकीकृत शान्ति सुरक्ष तथा विपद् ब्यवस्थापन र स्वास्थ्य सेवा’का लागि एक/एक थान दमकल र प्रहरी भ्यान हस्तान्तरण गरेको छ ।

विहीबार प्रदेश १ प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यानको साँचो स्थानीय पालिका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको छ ।

उहाँले आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको करिब ५ करोड ६७ लाख २० हजार बराबरको ११ वटा बारुण यन्त्र र करीब ६ करोड २८ लाख २७ हजार रुपैयाँको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्नुभएको हो ।

सुनसरीको कोशी गाँउपालिका, मोरङको कानेपोखरी गाँउपालिका, झापाको कमल गाँउपालिका, इलामाको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाँउपालिका, धनकुटाको धनकुटा नगरपालिका भोजपुरको हतुवागडी गाँउपालिकालाई बारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो ।

 

त्यस्तै, खोटाङको खोटाङ गाँउपालिका, ओखलढुगांको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाँउपालिकालाई पनि बारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरिएको छ । यस्ता यन्त्रहरु प्रयोगमा आउदा विपदको बेलामा उद्दार हुने र सुरक्षित हुने मुख्यमन्त्री राईले बताउनु भयो ।

तीन हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुक्बुको लागि अर्को चरणमा उक्त सामग्री हस्तान्तरण गरिने जनाइएको छ । केही स्थानीय तहहरुलाई एम्बुलेन्स पनि उपलब्ध गराइने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

 

प्रदेश सरकारले हस्तान्तरण गरेको बारुण यन्त्र र प्रहरी भ्यानको स्थानीय तहलेनै व्यावस्थापन गर्नुपर्ने र प्रभावकारी ढंगले जनताले अनुभुति गर्नसक्ने गरी सन्चालन गर्नुपर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मकत कार्कीले जानकारी दिनुभयो ।

Comments