• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
मन्त्रीत्रयद्वारा पद तथा गोपनियताको सपथ
प्रकाशित मिति: बिहीबार, आश्विन २९, २०७७

बुधबार नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई मन्त्री नियुक्तिका लागि सिफारिस गर्नुभएकाे थियाे । उहाँ तीनै जनाले आज शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीनै जना मन्त्रीलाई नेपालको संविधानको धारा ८० बमोजिम पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकाेटा लगायत उपस्थित हुनुहुन्थ्याे ।

बुधबार प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थमन्त्री, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकासमन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएकाे थियाे ।

Comments