• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
प्रदेश १ मा बिहिबार थपिए ६५४ जना कोरोना संक्रमित
प्रकाशित मिति: बिहीबार, आश्विन २९, २०७७
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेर्हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २५५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेर्हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेशबाट बिहीबार ३२६ जना डिस्चार्ज भएका छन् । प्रदेशमा २४ घण्टाको अबधिमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५ तथा मोरङ र तेर्हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२१ जनाको मृत्यु भएको छ ।
Comments