• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
दालचिनीमा मह मिसाएर खाए फाइदा नै फाइदा
प्रकाशित मिति: सोमबार, कार्तिक २५, २०७६

दालचिनी प्रायः सबै घरमा पाइने मसला हो । यसमा भएका गुणले स्वास्थ्य र सौन्दर्य दुवैलाई फाइदा गर्छ । अझ यसमा मह पनि मिसाइयो भने त यसको असर दुईगुणा बढ्छ । यसका यस्ता फाइदा हुन्छन्।

क्यान्सर

कलेजोको क्यान्सर र हड्डी बढेको समस्यामा दालचिनी र महको सेवन लाभदायक हुन्छ । दिनदिनै एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धूलो र एक चम्चा मह मिसाएर पिउनुभयो भने लाभ हुन्छ ।

मोटोपना

एक गिलास पानीमा एक चम्चा दालचिनीको धूलो हालेर उमाल्नुस् । अनि यसमा दुई चम्चा मह हाल्नुस् । राति सुत्नुअघि यसको सेवन गर्नुस् ।

मुटुरोग

चियामा दालचिनी हालेर पिउनुस् । यसको सेवनले हृदयाघातको सम्भावना घटाउँछ ।

रुघाखोकी

रुघाखोकी र गलाको समस्या भएमा एक चम्चा महसँग एक चिम्टी दालचिनी मिसाएर खाँदा छुटकारा पाइन्छ ।

सौन्दर्य

छाला र कपालको सौन्दर्य पनि दालचिनीले बढाउँछ । यसले छाला चम्काउँछ र चाउरी कम गर्छ । कागतीको रसमा मिसाएर दालचिनीको धूलो र मह दल्नुभयो भने डण्डीफोर हराउँछन् ।

जोर्नीको पीडा

जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर सेवन गर्दा फाइदा हुन्छ । यसका अतिरिक्त मनतातो पानीमा दालचिनीको धूलो हालेर मालिस गर्दा पनि पीडा शान्त हुन्छ ।
 

Comments