• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
फाल्गुनन्दसँग गाँसिएका ठाउँलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छः प्रधानमन्त्री ओली
प्रकाशित मिति: सोमबार, कार्तिक २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।  राष्ट्रिय विभूति तथा किरातधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा  शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।  पूर्वी नेपालको इलाममा जन्मिएका  फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेको प्रधानमन्त्रीले भनेका छन्, “त्यसबेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उनले विसं १९८८ वैशाखमा जारी गरेको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ।”    सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि र्दिएको शिक्षा आज पनि मननीय भएको जनाउँदै प्रधानमन्त्रीले छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बताए।  फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिन कात्तिक २५ गते इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि प्रधानमन्त्रीले स्मरण गरेका छन्। 

 
Comments