• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
विजय र्याली झै भयो नेकपाको घरदैलो
प्रकाशित मिति: आइतबार, कार्तिक २४, २०७६

धरान — नेकपाको घरदैलो अभियान विजय र्याली झै भएको छ । आइतबार धरान–१५ स्थित श्याम चोकबाट उम्मेदवार प्रकाश राई सहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय र्याली झै भएको हो । 
    नेकपाको घरदैलो अभियानमा सहभागीको संख्या धेरै भएपछि विजय र्याली झै देखिएको नेकपा १५ नं. अध्यक्ष ज्ञानेन्द्र बस्नेतले बताए । बस्नेतले भने नेकपाले गरेको काम र जनताको विश्वास जितेकोले नै हामीलाई उत्साह मिलेको छ । उनले भने –‘अहिले नेकपाको घरदैलो अभियान चुनवा जितेर निस्किएको विजय र्याली झै देखिएको छ ।’ सबैमा उत्साह, उमंग साथै नेकपा प्रति भरोसा रहेकै कारण घरदैलो अभियानमा नाचगान सहित अत्याधिक संख्यामा उपस्थिति देखिएको नेकपाका धरान नगर सदस्य राजमणी निरौलाले बताए । 
    नेकपाको घरदैलो अभियान ६ दिनदेखि जारी छ । धरानको ४, ५, ६, २०, ८ नं. वडामा नेकपाले घरदैलो अभियान सकिसकेको छ भने आज र भोली १५ नं. वडामा घरदैलो अभियान चल्ने निर्वाचन परिचालन कमिटि संयोजक रमेश बस्नेतले बताए । आइतबार धरान–१५ को श्याम चोकबाट घरदैलो अभियानमा निस्किएको टोली बरगाछी, देवकोटा चोक, पिण्डेश्वर चोक हुँदै निराजन बस्ती आसपासका स्थानमा जारी छ । 
    घरदैलो अभियानमा नेकपाका उम्मेदवार प्रकाश राई सहित नेता तथा कार्यकर्ताहरुले घर घरमा पुगेर मतदाताहरुसँग आफ्नो एजेण्डा राख्ने, प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने र ठाँउ ठाँउमा कोणसभा गर्दै आएका छन् । नेकपाको घरदैलो अभियानमा मतदाताहरुले आफ्नो कुरा उम्मेदवारसँग राख्नेदेखि फुलमालाले स्वागत गर्ने, सगुन खुवाउने तथा उम्मेदवारसँग अंकमाल गर्दै फोटो खिचाउने गरेका छन् । 

Comments