• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
विरिङखोलामा ‘चेकड्याम’ निर्माण हुने
प्रकाशित मिति: आइतबार, कार्तिक २४, २०७६

झापा —  विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ ।

नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको थियो । १ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए । ड्याम निर्माण भएपछि किसानलाई सिंचाई गर्न समस्या नपर्ने इन्जिनरले बताए । नगरको १, ४ र ७ नं. वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

ड्यामको अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको छ । नगर उपमेयर कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रशासकीय अधिकृत पंकज भुर्तेलले आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

Comments