• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
पापोहाङ् लाओती सयङ् दमकमा हेमेन्द्र निर्वाचित
प्रकाशित मिति: आइतबार, कार्तिक २४, २०७६

दमक/पापोहाङ् लाओतीहरुको जातीय संस्था पापोहाङ् लाओती सयङ् दमक नगरको अधिवेशन दमक–६, खानेपानीमा सम्पन्न भएको छ ।

अधिवेशनमा सयङ्का केन्द्रीय सह–अध्यक्ष प्रेम पुत्र लाओती, सामाजिक व्यक्तित्व जीत बहादुर लाओती, धिरेन लाओती, ऐमानसिं लाओती लगायत लाओती बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । केन्द्रले जिल्ला, स्थानीय निकाय लगायतका निकायहरुमा अधिवेशन गर्ने निर्देशन दिएसँगै अधिवेशन सम्पन्न गर्नु परेको सयङ्का नगर सचिव विर बहादुर लाओती बेताएका छन् ।

अधिवेशनले हेमेन्द्र लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा राई लाओती, सचिव वीर बहादुर लाओती, सह–सचिव गगन लाओती, कोषाध्यक्ष वनुका वनेम लाओती, सदस्यहरुमा क्रमशः आकाश लाओती, दुवेन्द्र लावती, जंग बहादुर लावती, श्रीमती नमिता लाओती, विमला लाओती र नन्द बहादुर लाओती रहनुभएको छ । कार्यक्रम सचिव वीर बहादुर लाओतीले संचालन गर्नुभएको थियो भने नगर अध्यक्ष गजेन्द्र लाओतीको सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको छ ।

Comments