• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
धर्म गुरुको भेषमा बलात्कारी, महिलाको उजुरीपछि पक्राउ
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६

झापा, जेठ १५ - झापाको पवित्र धार्मिक स्थल कनकाई नगरपालिकाको कोटीहोमका एक धार्मिक गुरु बलात्कार आरोपमा पक्राउ परेका छन् । गुरुले आफूलाई बारम्बार डर र त्रास देखाउँदै बलात्कार गरेको आरोप लगाएपछि कोटीहोमका गुरु इलामको रोङ्ग गाउँपालिका वडा नं। ३ घर भएका छत्रबहादुर गिरी बताउने छत्रबहादुर गुरुङ पक्राउ परेका छन् । उनी गेरुबस्त्र र दारी पालेर साधुको भेषमा कोटीहोममा बस्दै आएका थिए ।

कोटीहोममै र विभिन्न धार्मिक कार्यक्रमहरूमा जाँदा छत्रबहादुरले आफूलाई बलात्कार गरेको महिलाले बताएकी छन् । ‘बारम्बार बलात्कार हुँदाको पीडा सहन नसकेपछि र अति नै गरेपछि ती महिला हामीसम्म आइपुगेकी रहिछिन्’ सेफ हाउसकी सञ्चालक वसन्तलक्ष्मी उदासले भनिन् ।

महिला दुई सन्तानकी आमा हुन् । केही वर्ष अघिदेखि गुरु मानेर छत्रबहादुरसँगै कार्यक्रममा हिँड्दै आएको अवस्थामा विभिन्न प्रकारका डर त्रास देखाएर बलात्कार गरेपछि महिला मानसिक रूपमा विक्षिप्त बनेको पनि सुरक्षा आवास गृहले महिला खबरलाई जनाएको छ ।

महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आरोपित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

महिला भने तीन दिनदेखि सुरक्षा आवास गृहको संरक्षणमा छिन् । उनलाई परामर्श र सहयोग आवश्यक रहेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

Comments