• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
जताततै सर्पको सन्त्रास, सर्पले डसेमा के गर्ने त ?
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६

पर्सा, जेठ १४ - गर्मी बढेसँगै तराई मधेसका जिल्लाहरुमा सर्पदंशका बिरामी बढेका छन् । 
पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ । विगत केही समय यता तराई–मधेसमा बढेको गर्मीका कारण सर्पको बिगबिगी बढेको छ । 
विषालु सर्पको टोकाइबाट सोमबार सखुवा प्रसौनी गाउँपालिका एकडरवाका १२ वर्षीय सागर साहको मृत्यु भयो । 
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा अहिल पर्सा, बारा जिल्लाका विभिन्न ठाउँबाट खासगरी आजभोलि सर्पको टोकाइको बिरामी बढी आउने गरेको छ । सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि यहाँ आउने गरेको छन । 
उपचारको लागि दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेको बताउनुहुन्छ  इमरजेन्सी वार्डका इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदी ।
तराई मधेसका जिल्लाहरुमा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत पुग्ने र ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको  छ । 
सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामीबाहेक प्राय उपचारपछि सकुशल घर फर्किने गरेका छन् भने बढी सिकिस्त भएकाहरु तिन चार दिनसम्म अस्पतालमै बसेर उपचार गराई रहेका छन । 
विगत केही समय यताको बढ्दो गर्मीका कारण सर्प बाहिर निस्किने हुनाले जिल्लामा सर्पको टोकाइ बढ्दै गएको छ । सर्पले टोकेमा जति सक्दो चाँडो अस्पताल पु¥याउनुपर्दछ र टोकिहालेको खण्डमा प्राथमिक उपचारको लागि टोकेको भागभन्दा केहि तल नरम कपडाले बाध्ने र अस्पताल लैजानुपर्ने चिकित्सकहरुको सुझाव छ । 

Comments