• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
दमकका एक वडाध्यक्षलाई एकलौटी ढङ्गले चलेको आरोप
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६
दमक, जेठ १४ - झापाको दमक नगरपालिका ८ का बिभिन्न राजनीतिक दलहरुले वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन । 
बिकास निर्माणको काममा वडा कार्यालयले अन्य राजनीतिक दलहरुसंग समन्वय नगरी एकलौटी रुपमा अघि बढेको भन्दै अध्यक्षको ध्यानाकर्षण गराएको हो । 
योजना माग गर्दा पनि समन्वय नगरी काम अघि बढाएको भन्दै त्यस्तो कामको बिरोध गरिएको नेपाली काँग्रेस वडा नम्बर ८ का अध्यक्ष भिष्मराज अधिकारीले बताउनुभयो । 
१८ बुदे सुझाब सहित वडा अध्यक्ष पशुपतिराज गौतमलाई ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष गौतमले आगामी योजना निर्माणमा सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । 
ज्ञापन पत्रमा नेपाली काँग्रेसका भिष्मराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर कटुवाल, राष्ट्रिय जनमुतिm पार्टीका पदम जबेगु, नेकपा क्रान्तिकारीका गजेन्द्र निरौला, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका जितेन हाङसोराङ, नेपाल समाजबादी पार्टीका बासुदेब राई र स्वतन्त्र समाजसेबी अमृतबहादुर निरौलाको हस्ताक्षर छ ।
 
Comments