• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
मोफसल समाचार
मानब अधिकारको अवस्था सन्तोज जनक हुन सकेन
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६

विराटनगर १३ जेठ—विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा यस्तो बताइएको हो । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

पाँचथरका अधिकारकर्मी प्रेम ओझाले संबिधानमा मानवअधिकार सुनिश्चित गरिएपनि कार्यान्वय पक्ष फितलो भएका कारण नागरीक अधिकारको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । उहांले महिला तथा बालबालिकाको अवस्था थप दयनिय रहेको बताउनुहुंदै हालै पाँचथरमा भएको नरसंहार घटनामा प्रदेश सरकारको भुमिका प्रभावकारी नदेखिएको बताउनुभयो ।

वपरडेककी केन्द्रीय अध्यक्ष संजु साहले जीवनका विभिन्न पक्षलाई समेटेर सुनिश्चित गरिएको मानवअधिकार ब्यवहारिकरुपमा कार्यान्वय हुननसकेको बताउनुभयो । दलित अधिकारकर्मी अमर बराईलीले आयोगले मानवअधिकार उल्लंघन भएको बिषयमा उजुरी छानबीन गरेर कार्यान्वयनका निम्ति केन्द्रीय कार्यालयमा पठाउने गरेपनि त्यो कार्यान्वयन नहुने गरेको दाबी गर्नुभयो ।

आयोगका प्रदेश एकका निमित्त निर्देशक मोहनदेव जोशीले विगतको तुलनामा नागरीकले पाउने अधिकारको अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक भने नरहेको बताउनुभयो । उहांले चालु आर्थिकबर्षमा हालसम्म ४० वटा उजुरी छानबीन गरेर केन्द्रीय कार्यालयमा पठाइसकिएको तथा अषाढ मसान्त भित्रै थप ३५ वटा पठाइने जानकारी दिनुभयो । मानवअधिकार उल्लंघनको बिषयमा चालुबर्षमा हालसम्म प्रदेश एकमा ५ सय ३४ वटा उजुरीहरु आएको उहांको भनाई थियो । 

Comments