काँकडभिट्टा १३ जेठ—झापाको मेचीनगरमा हुनलागेको प्रथम मेचीनगर खेलकुद महोत्सव सम्पपुर्ण तयारी पुराभएको जनाइएको छ ।
मेचीनगर नगर खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलन गरी जेठ १५ गते देखि २३ गतेसम्म संचालनहुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । खेलकुद विकास समितिका अध्यक्ष नविन वरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्टका खेलहरु संचालन गरिने बताउनु भयो ।
सो प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो । नगर महोत्सवबाट नै सवै विधाका खेलका उत्कृष्ट खेलाडी छनौट गरी नगरस्तरीय टिम निर्माण गर्ने अध्यक्ष वरालले जानकारी दिनुभयो ।
महोत्सवमा १५ वटा सामुदायिक तथा ३६ वटा निजी गरी ५१ वटा विद्यालयका करीव १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।