• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
मोफसल समाचार
पथरी शनिश्चरमा कला साहित्य उत्सव हुने
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६

पथरी, १३ जेठ—मोरङ्गको पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे कला साहित्य उत्सव २०७६ आयोजना हुने भएको छ ।

कला साहित्य प्रवद्र्धन समिती पथरीशनिश्चरेको आयोजनामा जेठ १८ र १९ गते सहित्य उत्सव आयोजना गर्न लागिएको हो । सोमवार आयोजकले पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । कला साहित्यको संरक्षण, संवद्र्धन र विकाशका लागी साहित्य उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो ।

उत्सवमा पथरीशनिश्चरे नगरभित्रका कला र साहित्यको अवस्था वारे कार्यपत्र प्रस्तुत गरिने भएको छ भने पथरी क्षेत्रका शैक्षीक तथा साहित्यका अगुवा स्वं सिएम कन्दङ्गवा मरोणपरान्त सम्मान गरिने भएको छ । सो अवसरमा पथरी क्षेत्रकै चित्रकारले तयार पारेको चित्रकला, प्रहशन, मौलिक गित तथा नृत्य प्रस्तुत गरिने संयोजक राईले जानकारी दिनुभयो । 
 

Comments