• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
“मिक्लाजुङ हत्याकाण्ड : माखिमको घरमा रगत लागेको टिसर्ट र डोरी भेटियो”
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६

पाचथर, १२ जेठ - नौ जनाको मृत्यु भएको आरुबोटे हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले थप प्रमाण फेला परेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले आत्महत्या गरेका मानबहादुर माखिमको घरमा रगत लागेको टिसर्ट र डोरी फेला परेको हो ।

पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मिक्लाजुङ ७ लिम्बास्थित मानबहादुरको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्द प्रयोग गरेको जस्तै डोरी भेटिएको हो ।

त्यस्तै मानबहादुरले आत्महत्या गरेको स्थानमा पनि एउटा एनसेलको सिमकार्ड फेला परेको छ ।

उक्त सिमकार्ड मानबहादुरले नै प्रयोग गरेको हा की होइन त्यो भने यकिन हुन बाँकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

Comments