• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
बन्ला त भोजपुरकै नमूना वडा ?
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६

कबिता खड्का, भोजपुर १२ जेठ — धेरै जसो स्थानीय तहको ध्यान सडक तथा विधुत विस्तारमा गएको देखिन्छ, तर भोजपुरको  रामप्रसाद राई गाउँपालिकाको एक वडा भने आफ्नो वडालाई कृषी क्षेत्रमा जिल्लाकै नमुना वडा बनाउने उदेश्यका साथ काम गरिरहेको छ ।

यसै लक्ष्यका साथ कार्यालयले किसान लक्षित विभिन्न खाले कार्यक्रम सञ्चालनमा ल्याएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले कृषिमा नमुना योग्य काम गरिरहेको छ ।

आफ्नो वडालाई कृषि क्षेत्रमा जिल्लाकै नमूना वडा बनाउने उद्देश्यका साथ कृषकहरुको आवश्यक्ता तथा मागको आधारमा सिंचाईको व्यवस्था गरिरहेको छ । पानीकै कारण स्थानिय वसाई सर्न समेत थालेका थिए तर वडा कार्यालयले त्यस्ता ठाँउमा पानीको मुहानको संरक्षण गरेर पोखरी निमार्ण गरि कृषकको घर घरमा पानी पु¥याई दिएपछि प्रसस्त मात्रामा तरकारी तथा अन्यवाली लगाउन सजिलो भएको स्थानियको भनाई छ ।


खेतीको प्रसस्त सम्भावाना भएपनि जथाभावि सडक विस्तार तथा वनजंगल फडानीका कारण दिन प्रतिदिन पानीको मुहान सुक्न थालेपछि वडा कार्यालयले पानी पोखरी निर्माण थालेको हो ।  भौगोलिक क्षेत्रको आधारमा कुन हावा पानीमा कस्तो प्रजातीको खेती हुन्छ त्यसको सर्वेक्षण गरिरहेको र त्यस्ता क्षेत्रलाई पकेट क्षेत्रकै रुपामा विकास गरेर सुन्तला, कागती, अनार, एभोकार्ड तथा अन्य विभिन्न जातका नगदे बालिहरु लगाउने योजना रहेको वडाध्यक्ष डिकमान राई बताउछन् ।  


कृषि क्षेत्रको विकासको लागि वडा कार्यालयले गरेको यो काम निकै राम्रो रहेको स्थानीयले बताउने गरेका छन् । देशलाई कृषी क्षेत्रमा आत्मानिरभर बनाउन सके दिन प्रतिदिन वढी रहेको व्यापार घाटामा पनि कमी आउने देखिन्छ । 


 

Comments