दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् ।
यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत ल्याएका हुन् ।
गीतमा प्रदीप प्रखर पोखरेलको शब्द द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले संगीत भरेका छन् । बसन्त बाम्वुले राईको निर्देशन रहेको म्युजिक भिडियोलाई दिनेश राईले खिचेका छन् । गीतमा बसन्त र तपस्याको मुख्य अभिनय गरेको छ् ।
एक प्रेमिल जोडीको कथामा तयार पारिएको म्युजिक भिडियोको पूर्वका बिभिन्न मनोरम स्थानहरुमा छायाकंन गरिएको गायक सिंखडाले जानकारी दिए । यो गीतलाई दर्शकहरुले मनपराउनेमा आफु निकै आशाबादी रहेको गायक सिंखडाले अपेक्षा गरेका छन ।