दमक, ३ जेठ–दमक नगरपालीकाले नगरका बिभिन्न वडामा निर्माण सम्पन्न भएका योजनाहरुको प्रबिधिक सहित स्थलगत अनुगमन गरेको छ ।
नगर उपप्रमुख गिता अधिकारी सहित प्राविधिक लगायतको टोलीले दमकका बिभिन्न स्थानमा निर्माण सम्पन्न भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको हो ।
सो क्रममा दमक ३ स्थीत कुमाल डाँडामा सम्पन्न भएको ग्राबेल सडक त्यसैगरि गाभुझार टोलबिकास संस्थामा पर्ने भुतुरे खोलामा निर्माण रिटेनिङ वाल दमक ४ बगान टोलमा नगरपालीकाबाट बिनयोजित १३ लाखको लागतमा निर्मित बाल बिकास केन्द्र भवनको पनि अनुगमन गरिएको छ ।
त्यसै गरि दिपेनी खेला सफाई अभियान र दमक ६ स्थीत फुलबारी टोलमा लकिङ टायलस लगाएर निर्माण गरिएको सडकको पनि अनुगमन गरिएको हो । नगरको बजेट बाट निर्माण भएका बिभिन्न योजनाहरु गुणस्तरहीन र काम सम्पन्न नभई फरफराक लागी आउनेक्रम बडेकोले योजनाको स्थलगत अनुगमनलाई तिब्रता दिइएको अनुगमन समितिका संयोजक गिता अधिकारीले बताउनुभयो ।
सो अवसरका अनुगमन गरिएका स्थानका सडकहरु नगरपालीकाको मापदण्ड अनुसारनै निर्माण भएको प्रबिधिक पारस गौतमले बताउनुभयो ।