अर्जुन आचार्य, विराटनगर ३ जेठ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्ता लिनु पर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै उहाँले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउनुहुंदै उहांले कुनैपनि बहानामा प्रेस स्वतन्त्रतामा अंकुस लगाउने कार्य गर्न नहुने बताउनुभयो । गच्छदारले प्रतिपक्ष दलको हैसियतले नेपाली काँग्रेस प्रेस जगतको अधिकार माथि प्रहार एवम् कुन्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।
उपसभापति गच्छदारले संसदमा दर्ता गरिएको सुरक्षा परिषद र मानवअधिकार सम्वन्धी विधेयकले लोकतान्त्रिक विधि र संघीयता तथा संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले त्यो विधेयक सम्वन्धमा प्रतिपक्षसंग सल्लाह एवम सहमती गरि ल्याउनु पर्नेमा जोड दिनुभयो । नेता गच्छदारले वर्तमान संविधान सवैको सहयोगमा निर्माण भएको धारणा व्यक्त गर्नुहुंदै लोकतान्त्रिक विधिवाट मुलुक सञ्चालनमा प्रतिपक्षले सदैव गर्ने बताउनुभयो ।