अर्जुन आचार्य विराटनगर, ३ जेठ– नेपाल राष्ट्रीय मुसहर संघ जिल्ला समिति मोरङले आयोजना गर्ने जनसभा सरेको छ । जेठ ४ गते शनिवारकालागि आयोजनाको तय भएको जनसभा जेठ १३ गते सम्मकालागि सरेको हो ।
आयोजक समितिले आज नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागरि सम्मेलन सरेको जानकारी दिएको हो । संघका मोरङ अध्यक्ष जितेन्द्र ऋषिदेवका अनुसार शनिवार जनप्रिय माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गर्ने तयारी पूरा भएको थियो ।
तर स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि जेठ १३ गते विराटनगर हाटखोलामा कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । जनसभामा सहभागि हुने समुदायका मानिसलाई शिक्षा, सचेतना र संगठनको महत्व लगायतका बिषयमा प्रशिक्षण दिने कार्यतालिका रहेको उनले बताए । ं