• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
मोफसल समाचार
भवानी –पद्मा पुरस्कार शहिद गोबिन्द गौतमका परिवारलाई प्रदान गरिने
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६


दमक, ३ जेठ—बिगत ३ बर्ष देखि दमक बाट बितरण गरिदै आएको भुवानी –पद्मा पुरस्कार यस बर्ष शहिद गोबिन्द गौतमका परिवारलाई प्रदान गरिने भएको छ ।

सो पुरस्कार  भोली शनिबार  दमक १० स्थित आम्बाडीमा रहेको गौतम कुल बंश प्रतिस्ठानमा शहिद परिवारलाई नगद १० हजार सहित सम्मान गरिने भएको हो । माहाकालीको कञ्चनपुरमा रहेको पुनर्बास नगरपालीकाको अनन्द बजारमा  आवत जावतको लागी  आफेनो भुमीमा कल्भर्ट बनाउन पाउनु पर्छ भन्ने माग राखेर अन्दोलन गर्ने क्रममा आफनो भूमी रक्षागर्ने क्रममा भारतिय सिमा सुरक्षा बलको  गोली लागी २०७३ माग २६ गते गौतम शहिद हुनभएको थियो । सो पुरस्कार बुबा खेमलाल र श्रीमति लक्ष्मी गौतमलाई प्रदान गरिने आज दमकमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । दमक निवासी पण्डीत भवानीप्रसाद र उहाँकी पत्नी पद्मा गौतमको नाममा  स्थापना भएको र उहाँ कै हात बाट सो पुरस्कार बितरण गरिने गौतम कुलबंश प्रतिस्ठानका अध्यक्ष शान्तिराम गौतमले बताउनुभयो । यस अघि सो पुरस्कार पोखराका भाषा बिद प्रध्यापक नारायणप्रसाद गौतम र काठमाण्डौका  गणतन्त्र नेपालको राष्ट्रिय निशान छाप निर्माण कर्ता हिमाल गौतमलाई बितरण गरिएको पुरस्कार संस्थापक तोया गौतमले जानकारी दिनुभयो । 

Comments