झापाको दमक ७ स्थित सिद्धार्थ बोडिङ स्कुलले शुक्रबार एक दिने बाल मनोबिमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धार्थ बाल क्लबको अयोजना तथा वडा नम्बर ७ र बिद्यलयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिद्यार्थीहरुको मनोबिज्ञान लाई शिक्षक र अबिभावकले कसरी बुझ्नु पर्छ भन्ने बिषयलाई कार्यत्रममा प्रस्तुत गरिएको थियोे । कक्षा ७ देखि कक्षा १० सम्मका करिब ३ सय बिद्यार्थी सहभागी रहेको सो कार्यक्रमको बालमनोबिज्ञान परामर्शदाता सरिता पोखरेलले सहजीकरण गर्नुभएको थियो ।