• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
सप्तरीमा ८ बर्षीया बालिका माथि बलात्कार प्रयास
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६

बिद्यानन्द बिक्की/ राजबिराज, जेठ २ - सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.२ की एक आठ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा आज जाहेरी गरेपछि घटना बाहिरिएको हो । गत वैशाख २७ गते दिउँसो सोहि ठाउँका ५५ वर्षीय कुलदेव ठाकुरले बाख्रा चराउन गएकी छोरीलाई प्रलोभनमा पारि बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख छ ।

घटना पश्चात फरार रहेका ठाकुरलाई कानून बमोजिम कारवाही हुनुपर्ने पिडितकी आमाले माग गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले घटना पुष्टि गर्दै फरार ठाकुरको खोजी कार्य भईरहेको बताउनुभयो ।      

Comments