• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
महिला जिस्क्याएको निहुमा दमकमा एक युवकमाथि खुकुरी प्रहार
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६

झापा, जेठ २  - झापाको दमकमा गएराति एक युवाको खुकुरी प्रहारबाट दुईजना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नीरिक्षक खगेन्द्र एक्तेनका अनुसार झापा दमक ५ का दिपक चौलागाईको खुकुरी प्रहारबाट सोही स्थानका यादव राई र उनकी श्रीमती पेमा तामाङ घाईते भएका हुन् । राईको टाउकोमा चोट लागेको र बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पेमाको भने सामान्य चोट देखिएको छ । दमक ५ की बिन्दु थापालाई यादवले मोबाएलमा म्यासेज पठाएर अनाब्यस्यक दुख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बिन्दुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाईएको छ ।  


 

Comments