• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
झापामा बम आतंक मच्चाएको आरोपमा ५ जना पक्राउ, नाम भने प्रहरीले गोप्य राख्यो
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६

झापा, जेठ २ - कनकाई पुल नजिकै कुकर बम राखेर आतंक मचाएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र प्रहरी कार्यालय झापाको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुई र झापाबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठकाअनुसार बम राखेर आतंक मच्चाएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो।

बैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम भेटिएको थियो। मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा बमसँगै राखेको थियो। मोर्चाले राखेको कुकरमा सालाईका काटी, सिसाका टुक्रा र खानेपानीको पाइप भेटिएको थियो।

Comments