• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
मन्त्री यादव भन्छन् : मलाई नेपाली राम्ररी बोल्न आउदैन
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

काठमाडौं, जेठ  १ - उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालमा भएको लगानी सम्मेलनको विषयमा स्पष्टोक्ति दिनुभएको छ । उहाँको अंग्रेजी भाषणलाई लिएर त्यतिबेला निक्कै नै आलोचना भएको थियो । सो सम्मेलनमा बोलेको ‘इदर निदर’ भन्ने शब्दबाट ओलोचित भएको भन्दै अब देखी ‘इदर निदर’ नभन्ने उल्लेख गर्नुभएको छ ।

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले त्यतिबेला आफुले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचना प्रति आपत्ति समेत जनाउनु भएको थियो । उहाँले भन्नुभयो ‘मैले सम्मेलनमा अंग्रेजीमा इदर र निदर विषयलाई लिएर निक्कै नै उडाइएको थियाे ।

वास्तवममा मलाई नेपाली भाषा समेत स्पष्ट बोल्न आउँदैन, मधेशमा जन्मेको मान्छे हुँ अंग्रेजमा जन्मेको मान्छे होइन । सबैलाई सबै भाषको ज्ञान हुँदैन भन्ने बुझ्दाबुझ्दै उडाउनु त्यति राम्रो होइन उहाँले भन्नुभयो ।

साथै उहाँले आफुलाई अंग्रेजी नआएको विषयमा आलोचना गर्नेलाई र अंग्रेजी भाषाको ज्ञाता सम्झनेहरुलाई अंग्रेजी सिकाई दिन समेन आग्रह गर्नुभयो ।

Comments