• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
धरानमा डेंगुको जोखिम, औषधि छर्किने क्रम तिब्र पारियो
Govinda Basnet प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

गोबिन्द बस्नेत, धरान १ जेठ - धरान १५ मा थप एक जनामा डेंगु फेला परेपछि धरान उपमहानगरपालिकाले डेंगु प्रभावित क्षेत्रमा औषधी छर्ने काम शुरु गरेको गरेको छ । विजयपुर अस्पतालमा धरान १५ कै थप एक ३४ बर्षीया महिलामा डेंगोका संक्रमण देखिएपछि उपमहानगरपालिकाले आफैले खरिद गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा धरान उपमहानगरपालिकाले औषधी छर्ने काम गरको हो । 

त्यसको एक दिन अगाडि धरान १६ कै तीन जना बालबालिकामा डेंगुरोगको संक्रमण देखिएका हो । उनीहरुको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामबाबु यादवका अनुसार वैसाख ३१ गते साझ र जेष्ठ १ गते विहान गरी धरान १५ का जोखिमपूर्ण क्षेत्र मानिएको पुष्पलाल मार्ग, पिण्डेश्वर चौक, धुवज्योतिपथ, देवकोटा चौक, महादेव चौक, सदन रोड, बगरकोट लाइन लगायतमा औषधि छर्किएको बताउनुभयो । पहिलो चरणमा डेंगो प्रभावित क्षेत्रमा र दोस्रो, तेस्रो चरणमा धरानमा सबै क्षेत्रमा औषधि छर्कने उहाले बताउनुभयो ।

यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले औषधि छर्ने कामस“गै सर्वसाधारणमा जनचेतनाको खाचो भएको बताउनुभएको छ । उहाले जताततै पानी जम्न नदिने, घर परिपरि सरसफाइ राख्ने, गमलामा पानी जन्म नदिने तथा राती सुत्दा मच्छेटदानी लगाएर सुत्न उहाले सुझाव दिनुभएको छ ।

यसका साथै सर्वसाधारणमा जनचेतनाको खाचो भएको उहाको भनाई छ । डेंगुसंक्रमित पोथी लामखुट्टे एजिड एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट सर्ने चिकित्सकको भनाई छ । यसले टोकेमा संक्रमण भएको लामखुट्टेले टोकेको ५ दिनदेखि ८ दिनसम्ममा अल्छी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने आखा पाक्ने, रुखा खोकी लाग्ने लक्षण देखिने चिकित्सको भनाई छ । यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा उपचारका लागि जान पनि उनीहरुले सुझाव दिएका छन् ।

Comments