• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
सरकारले काम भन्दा कुरा बढी गर्यो : पूर्व अर्थमन्त्री महत
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

धनकुटा जेठ १ -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब अर्थमन्त्री रामशरण महतले बर्तमान सरकारको कुरा बाहेक कुनैपनि काम राम्रो नभएको बताउनु भएको छ । 
प्रेस युनियन धनकुटा शाखाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले यस्तो बताउनु भएको हो । 

सरकारले कुरा राम्रो गरेपनि काम राम्रो गर्न नसकेको उहाको जीकीर थियो । सरकार काम भन्दा पनि प्रचारबाजीमा बढि लागेको आरोप लगाउनु भयो । अहिलेको निति तथा कार्यक्रममा आत्माप्रसंशा र आत्माप्रचारनै बढि रहेको बताउनु भयो । 

सरकारले आफ्नो पालामा सुरु गरेको काम हरु समेत नाम परिबर्तन गरी आफैले सुरु गरेको भन्दै प्रचार गर्ने गरेको समेत आरोप लगाउनु भयो । 

फरक प्रशगंमा बोल्दै सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको समेत बताउनु भयो । उहाले सरकारले मिडिया काउन्सील मार्फत ल्याउल लागेको बिधेयक मार्फत प्रेस जगत नियन्त्रण गर्न खोजेको भन्दै पत्रकारहरुको अहिलेको आन्दोलनमा नेपालि कांग्रेसको साथ रहेको समेत बताउनु भयो ।  

Comments