• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
आजको मौसम कस्तो होला त ?
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

काठमाडौं १ जेठ - आज देशको पुर्वि र मध्य भु भाग तथा पश्चिमि पहाडी भु भागमा आंशिक देखि सामान्य बदलि रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाको भनाइ छ । आज राती केहि स्थानमा मेघ गर्जनसहित बर्षाको सम्भावना रहेको छ । 

जेष्ठ ०१ गते (बुधबार):  

दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।  

राति:

देशका पुर्वि भु-भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। 

जेष्ठ ०२  गते (बिहिबार):

 दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ ।  देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा  मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

 राति:

देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ ।  देशका पुर्वि भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०३ गते (शुक्रबार):  

दिउँसो:

देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ।  देशका पुर्वि र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।  राति: देशका पहाडका भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। 
 

Comments