• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
राष्ट्रिय
प्रधानमन्त्रीकाे सम्बाेधन लगतै संसदमा हंगामा
प्रकाशित मिति: आइतबार, पौष २२, २०७५

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिइएको भन्दै रोष्टम घेराउ गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्छ भन्दै उनीहरुले रोष्टम घेराउ गरेका हुन् । सार्वजनिक महत्वको बिषयमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने उनीहरुको भनाई छ । कांग्रेस सांसदको विरोधपछि सभामुखले सिमित सदस्यलाई प्रश्न गर्न समय दिएका थिए ।

तर कांग्रेसका सांसद मिनेन्द्र रिजालले सिमित शव्द नराख्न ध्यानाकर्षण गराउनुभएको थियो । कांग्रेसका सांसदले लगातर विरोध गरेपछि सभामुख कृष्ण वहादुर महराले प्रश्न गर्ने कार्यक्रम नै हटाउनुभएको थियो । त्यसपछि पनि कांग्रेस सांसदहरुले सदनमा चर्को विरोध जनाएका थिए ।  सभामुखले कार्यसूचीमा रहेका बिषयलाई अघि बढाएपछि कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । प्रमुख प्रतिपक्षीले रोष्टम घेराउ गर्दा पनि समामुख महराले भने बैठकको कामकारवाही अघि बढाउनुभएको थियो । कांग्रेस सांसदहरुले सदनमा चर्को नारावाजी समेत गरेका छन् ।

प्रश्नको माग गर्दै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरी र नेमकीपाका सांसदले प्रश्न गर्न पाउनु पर्ने भन्दै उठेका थिए ।

Comments