• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
राष्ट्रिय
प्रधानमन्त्रीकाे अभिनन्दनको बिरोध
प्रकाशित मिति: शुक्रबार, पौष २०, २०७५
इलाम २० पुष ः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार लगानी सम्मेलनको उद्घाटनकालागि इलाम आउँदै हुनुहुन्छ । इलाम नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको उद्घाटन गर्न उहाँ इलाम आउनु हुने भएको हो ।
सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन समेत गरिने भएको छ । ओलीको नागरिक अभिनन्दन गर्न नहुने भन्दै नेपाली कांग्रेस इलामले कार्यक्रमको बहिष्कार गरेको छ । उसले बिहिबार इलाम सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा अपिल जारी गर्दै नागरिक अभिनन्दनको विरोध गरेको जनाएको छ ।
मुलुकको खस्कदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टचार, फितलो कुटनिति, असन्तुलित परराष्ट्र निती, धर्मप्रचार संस्था संगको अप्राकृतिक साँठगाठका कारण असफलता तर्फ लम्किएका र आफनै पाटीभित्र चरम विरोध साथै विवादमा मुछिएका सरकार प्रमुखलाई नागरिक अभिनन्दन गर्न नमिल्ने काँग्रेस इलामका सभापती हिमालय कर्माचार्यले वताउनुभयो ।
इलाममा आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ इलाम नगरपालिकाले सदरमुकाममा लगानी सम्मेलन गर्दैछ ।
सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको आयोजकले सम्मेलनको उद्घाटन ठूलो टुडिखेलमा र अन्य कार्यक्रम गौतम बुद्ध सभागृह (सिटी हल) मा गर्ने भनेपनि पछिल्लो कार्य तालिका अनुसार उद्घाटन लगायतका सबै कार्यक्रम सिटी हलमा नै गर्ने निर्णय भएको जनाएको छ ।
 
Comments