• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
बिजनेस
बिश्व बजारमा आएका उत्पादन प्रदर्शन गर्न बिर्तामोडमा महोत्सव
रविन भट्टराई प्रकाशित मिति: शुक्रबार, पौष २०, २०७५

बिर्तामोड । नेपाल सहित विश्वका बिभिन्न देशमा उत्पादित आधुनिक र स्थानिय उत्पादनलाई एकै ठाउँबाट ग्राहक सामु पु¥याउने उद्धेश्यले झापाको बिर्तामोडमा “बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव २०७५” हुने भएको छ । माघ ११ देखी २३ गते सम्म १३ दिन बिर्तामोड उद्योग वणिज्य संघ झापाले बिर्तामोड स्थित धर्मकाँटा उत्तरको क्षेत्रमा महोत्सवको आयोजना गर्न लागिको हो । 

विहिबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोजकले खुल्ला बजार तथा सञ्चारको सर्वसुलभताले गर्दा वर्षेनी बिश्व बजारमा नयाँ हजारौ उत्पादन भित्रीए पनि ग्राहकले सहज रुपमा पाउन नसकेकाले महोत्सवको आयोजना गर्दै एकै स्थानबाट विश्वका बिभिन्न देशका उत्पादन भएका र नेपालको उत्पादनलाई ग्राहक माझ पु¥याउने कोसिस गरेको बताएको छ । 

सो महोत्सवमा झापा सहित नेपालका बिभिन्न जिल्लामा उत्पादित स्थानिय उत्पादन देखी नेपाली बजारमा भित्रिएका र भारत, बंगलादेश, पाकिस्तानका बजारमा आएका उत्पादनलाई स्टलको रुपमा राखिने बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईले बताए । मेलामा भारत, बंगलादेश र पाकिस्तानका व्यवसायी र व्यापारी बिच सामान प्रदर्शन गर्ने विषयमा कुराकानी भईसकेको र चीन र थाईलेण्डका व्यापारी सँग समेत स्टल राख्ने विषयमा कुराकानी भईरहेको अध्यक्ष भट्टराईको भनाई छ । 

महोत्सवलाई चार भागमा बिभाजन गरी आयोजना गरिएको आयोजकको भनाई छ । जसमा प्रदर्शनी तथा बिक्रि कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वाल उद्यायन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने आयोजकले जनाएको छ ।

 प्रदर्शनीमा अलग अलग परिसर बनाई अटोमोवाइल्स, बैक तथा वित्तिय संस्था, मोवाइल इलेक्ट्रोतिक्स तथा आइटी, निर्माण सामाग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी र दैनिक उपभोग्य बस्तहरु रहने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका संयोजक प्रकाश शिवाकोटीले बताए । 

महोत्सवमा देशका मुख्य कराकारहरुको प्रस्तुति सहित जातिय पहिचानका झाँकी, लोकदोहोरी र मनोरञ्जनात्मक साथै साहशिक खेलहरु पनि खेलाईने उनको भनाई छ । उनले महोत्सबमा जुम्लाको मार्सी चामल देखी झापाको सडकमा बेचीने भक्का सम्मलाई प्रवर्दन गर्ने लक्ष राखिएको छ । सबै स्टल गरी महोत्सवमा दुई सय स्टल रहने र महोत्सवको अवलोकनका लागि ५० रुपैयाँ अवलोकन सुल्क लिने तयारी गरिएको आयोजकका सचिव भेषराज भण्डारीले बताए । 

३ विगाह ३ कठ्ठा क्षेत्रफलमा आयोजना गरिने सो महोत्सवको अवधी भर २ लाखले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सव आयोजना गर्न १ करोड ५ लाख लागत अनुमान गरिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवका सचिव सञ्जिव घिमिरेले बताए । महोत्सवका सुरक्षाका लागि २४ घण्टानै सुरक्षा कर्मिले निगरानी गर्ने व्यवस्था मिलाईएको छ ।  
 

Comments