• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
इटहरी प्याब्सनले पुस १ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५

ईटहरी ।  इटहरी नगर प्याब्सन कार्यसमितिले पुस १ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । 

विद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अब्बल बनाउँने उदेश्यका साथ प्याब्सन इटहरी नगर समितिले ८ दिने खेलकुद कार्यक्रमको आयोजना गर्न लागेको हो । इटहरीमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको छ ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, छेलो, ज्याभलिङ थ्रो, हाईजम्प, लमजम्प, दौड प्रतियोगिता आयोजना गरिन लागेको हो ।

खेलकुद मार्फत विद्यार्थीहरुको शारीरिक विकास गर्न कार्यक्रम गर्न लागीएको प्याब्सन इटहरीका सहसचिव राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीबन घिमिरेले इटहरीको क्षेत्रिय रंगशालामा उद्घाटन गर्ने बताइएको छ । प्याब्सनले प्रत्येक बर्ष स्पोर्टस मिट कार्यक्रम गर्दै आएको छ । 

Comments