• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
राष्ट्रिय
जीप दुर्घटना हुँदा पाल्पामा ५ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५

पाल्पा २८ मंसिर । सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप गएराती दुर्घटना हुँदा पाल्पामा ५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चारजना घाइते भएका छन् । पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको  मृत्यु भएको हो ।

चार जनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

प्रहरीका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो ।  दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु, ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् ।

घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएराती ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए ।

Comments