• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५

दमक २८ मंसिर । पूर्व पश्चिम मुख्य राजमार्गस्थित रतुवा पुल पूर्व कमल गाँउपालिका ५ मा शुक्रबार दिउसो भएको सवारी दुर्घटना परि दु्ई जना घाइते भएका छन ।

पूर्वबाट पश्चिम आउदै गरेको मे १० प ७६२७ नम्बरको मोटर साईकलले सोहि दिशा तर्फ जादैगरेको साइकलाई ठक्कर दिला सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साइकलमा सवारी कमल गाउँ पालिका १ का ५० बर्षिय इन्द्रवहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

मोटर साइकालका चालकाको भने अझै बतन खुलिनसकेको प्रहरीले प्रहरीको भनाई रहेको छ ।

घाईते दुबैजनाको दमकस्थित लाईफ लाइन अस्पतालमा प्रथामिक उपचार पछि थप उपचारकालागि विराटनगर पठाई सकिएको दमक प्रहरीले जनाएको छ । 

Comments