• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
२ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५

बिराटनगर २५ मंसिर। राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने आफ्नो धारणा रहेको बताउनु भएको छ । 

राजपाले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा राजपा संयोजक महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ती नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको इच्छा रहेको आफूले बुझेको उहाँले बताउनु भयो । 

यद्यपि प्रदेशको नाम र राजधानीको विषय विधान सभाले टुंग्याउने र उसैको अधिकारको विषय रहेको महतोले बताउनु भयो ।

महतोले वर्तमान संघीय सरकरा प्रत्येक कुरामा असफल हुँदै गएको भन्दै सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगोमा पुगिने पनि बताउनु भयो । उहाँले आगामि महाधिवेशनबाट आफ्नो पार्टी पहिचान पक्षधरको राष्ट्रिय पार्टी बन्ने दाबी समेत गर्नुभयो । 

Comments