• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
दमक चोकमा भएको दुर्घटनामा बाबुछोराको मृत्यु
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५

दमक २५ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको दमक चौकमा आज दिउसो भएको सवारी दुर्घटना परि एकै परिवारका २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ९ का ६३ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय हेमचन्द्र गिरी रहेको दमक ट्राफिकले जनाएको छ । मृतकद्धय बाबु छोरा रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको एच आर २७ जे ०६२५ नम्बरको भारतिय ट्रकले मुख्य राजमार्गको दमक चोकमा सोहि दिशातर्फ गईरहेको को ३३ प ७९४५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको दमक ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

 

Comments