सुनसरी २५ मंसिर । सुनसरी मोरङ्ग औद्योेगिक करिडोरको इटहरी १२ स्थित खनारको एक उधोगमा आगलागी भएको छ ।
भानु केजरीवालले सञ्चालन गरेको लक्ष्मी फोम एण्ड लुव ए प्रालिमा आज विहान करिव ७ बजेर बाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, ससस्त्र प्रहरी स्थानीय र इटहरी, धरान तथा विराटनगर, सुन्दरहरैचाका दमकलले प्रयास गरीरहेको प्रहरीले वताएको छ ।
त्यस्तै आगोवाट नजिकको थप उधोगमा आगो लाग्नवाट बचाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उच्च सर्तकता अपनाएको खनार प्रहरीले वताएको छ । आगो के करणले लागेको खूल्न सकेको छैन भने क्षतीको विवरण पनि आउन बाकी छ ।