• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
इलामको चुलाचुलीकी शुशिला राईद्धारा सहयाेगकाे याचना ( भिडीयाे सहित)
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५

ईलाम चुलाचुली । केहि वर्षयता मानिसहरुमा नसर्ने प्रकृतिका घातक रोग लाग्ने क्रम बढ्दै गएको छ । मानिसको बदलिदो जिवन शैलि र खानापानमा आएको फेरबदल संगै बिग्रदै गएको जलबायू परिवर्तनको असर अहिले मानब स्वास्थ्यमा पनि देखिन थालेको छ ।

पछिल्लो समय प्राय सवै घरपरिवारका कुनै न कुनै न कुनै सदस्यलाई नसर्ने किसिमका तर घातकरोगले पीडित भएको पाईन्छ ।

यस्तै पीडा भोगुरहनु भएको इलामक चुलाचली ५ फुइकेली २९ वर्षीया शुशिला राईले पनि । राईका दुबै मृगौला खराव भएका छन । उहाँ आर्थिक अभाबमा थपउपचार गराउन नसक्दा घरमा नै थलिएर बस्न बाध्य बन्नु भएको छ ।

इलामको चुलाचुली गाँउपालिका ५ फुइकेकी २९ बर्षिय शुशिला राई विगत केहि समय अघिदेखि विरामी पर्नुभएको छ । शुशिलाको मृगौलामा समस्या देखिएपछि आर्थिक अभाबका कारण थप उपचार गराउन नसकेपछि घरमानै थलिएर बस्नु परेको छ । आर्थिक विपन्नताका कारण थप उपचार गर्न समस्या भएको भन्दै परिवारले सहयोगको याचना गरेको छ । 

शुशिलाको १ बर्ष अघि देखि नै समान्य खुट सुनिन्थ्यो, चिसोका कारण भनेर उहाँले त्यती वास्ता गर्नुभएन । तर गएको कार्तिक महिनादेखि उहाँको पुरै शरिर नै सुनिन थाल्यो ।

शुशिलालाई यस्तो समस्या देखिएपछि उहाँका श्रीमान विमल राईले गाँउघरमा केहि रिनपान खोजेर दमक र बिराटनगरका बिभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गराउनु भयो । अन्तत विराटनगर स्थित बिराटनर्सिङ होमले शुशिलाको दुबै मृगौला खराब भएको प्रमाणित गरिदियो ।

अस्पतालले शुशिलाको उपचारकालागि १५ लाख धरौटी राख्न भनेपछि राई दम्पती बिलखबन्दमा परे । यस अघि नै शुशिलाको उपचारमा साढे ५ लाख ऋण राई परिवारलाई लागिसकेको छ । पैसा नभएकै कारण थप उपचार हुन नसकेपछि राई परिवारले सवै संग शुशिलाको जिवन बचाई दिन सहयोगको लागि याचना गरेको छ ।

दु्ई छोरी र एक छोराकी आमा शुशिलाको सम्पतीका नाममा मावाखोला बगर छेउमा सानो फुसको छाप्रो र त्यही छाप्रोले ओगटेको जग्गा मात्र छ । उहाँको श्रीमान् पनि समान्य ज्यालामजदुरी गर्नुहुन्छ । आर्थिक अवस्था अतिनै दयनिय रहेकाले केहि युवाहरुले शुशिला राई बचाउ अभियान संञ्चालन गरिरहेका छन् ।

अमृत राईको संम्योजकत्व बनेको समितीले देश विदेशबाट हालसम्म १ लाख ५० हजार रुपैया आर्थिक संकलन गरेको छ । तर शुशिलाको उपचारमा १५ लाख रुपौँया आवश्यक पर्ने भएकाले सहयोगी मनहरुको खाँचो रहेको रहेको अभियानमा संग्लन समाजसेवी संञ्जय राईले बताउनु भयो ।

शुशिलाको उपचारका लागि देश विदेशमा रहेर पनि आर्थिक सहयोग गर्न चाहनु हुने माहनुभावहरुले सानिमा विकाश बैक दमक शाखाको खाता नम्बर ००२००००५३४४१२ मा पनि रकम जम्मा गर्न सकिने र ९८१०३९५५२ मा पनि सम्पर्क गर्न सकिने संजयले बताउनुभयो ।

 

Comments