• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
पदेश सरकारले कर्मचारी अभावका बिषयमा संघिय सरकारसंग कुरा राख्ने
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५

बिराटनगर । कर्मचारी अभाव, अधिकार बाँडफाँड लगायतमा देखिएको विवादका विषयमा संघीय सरकारसँग प्रदेश सरकारले कुरा राख्ने भएको छ । 

संघीय सरकारले मंसिर २३ गतेका लागि आव्हान गरेको अन्तर–प्रदेश बैठकमा प्रदेश सरकारले कर्मचारी अभावको विषयलाई जोडतोडका साथ उठाउने भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको पहिलो चरणमा देखिएका समस्या समाधान गर्न उक्त बैठक महत्वपूर्ण हुने बताउनुभयो ।

एक नम्बर प्रदेशका तर्फबाट बैठकमा कर्मचारी व्यवस्था, चलअचल तथा भौतिक सम्पत्ति र संरचनाको स्वामित्व बाँडफाँडका विषयमा कुरा उठाउने उहाले बताउनुभयो । साथै प्रदेश प्रहरीलगायतका सुरक्षा निकायको सञ्चालनजस्ता विषय पनि टुंगो लगाइने उहाँले जानकारी दिनुभयो । 

बैठकपछि संघ र प्रदेशबीचको अन्यौलता कम हुने र दुवै सरकारले नयाँ गति लिने मुख्य मन्त्री राईले विश्वास व्यक्त गर्नुभयो । संघ र प्रदेशवीचको विवाद मिलाउने भन्दै दोस्रोपटक बैठक आह्वान गरिएको हो । बैठकमा  सातै प्रदेशका मुख्यमन्त्रीहरूले औँल्याएका प्रदेशका समस्याबारे छलफल गरीे निकास खोजिने जनाइएको छ ।

Comments