• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५

काठमाण्डौ १८ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाका दरले घटाएको छ ।

गएराती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई/दुई रुपैयाका दरले मूल्य घटाइएको हो । नया मूल्य अनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ ।

झापा, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीमा भने पेट्रोल प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसा पर्ने जनाइएको छ ।

दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा तोकिएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

Comments