• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको छ : राष्ट्रपति भण्डारी
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५

१८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको बताउनु भएको छ । 

पोल्याण्डमा हिजो देखि सुरु भएको कोप २४ सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको बताउनु भएको हो ।

जलवायु परिवर्तनलाई रोक्न पहल गरिरहेको भए पनि प्राकृतिक प्रकोपबाट नेपाल धेरै प्रभावित हुने गरेको उहाले विश्व समुदायलाई जानकारी दिनु भयो ।  सर्वाेच्च शिखर सगरमाथा र नेपालका पहाड र जंगलले विश्वको तापक्रम रोक्न मद्दत गरिरहेको राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति भण्डारीले बढी कार्बन उत्पादन गर्ने विकसित देशहरूले हिमाली देशको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनुपर्ने बताउनु भयो । पेरिस सम्झौतालाई कार्यान्वयन गर्न पनि राष्ट्रपति भण्डारीले माग गर्नु भयो ।

सम्मेलनमा भाग लिन नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका अधिकारीसहितको टोली पोल्याण्डमा रहेको छ ।

भण्डारीले आज पोल्याण्डका समकक्षीसंग भेटवार्ता गर्ने कार्यसूची छ । भण्डारी मंसिर २० गते स्वदेश फर्किने  कार्यतालिका रहेको छ । 

Comments