• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच
बसन्त लिम्बु प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५

ताप्लेजुङ १४ मसिंर । भौगोलिक हिसावले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भारत र चिनसँग जोडीएको हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका छन् ।

 जिल्ला सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदीबाट सवारी साधन तारिएसँगै जिल्लाको सवै स्थानिय तहमा सडकको पहुँच पुगेको छ ।

फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवावाट तमोर तरेर मिक्वाखोला २ को थुम्वावेंशीमा गाडी पुगेका हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर तारिएका हो । पारीपट्टिको फुङलिङ बजारमा मात्रै गाडी देखेका मिक्वाखोलावासी गाउँमा गाडी पुगेसँगै खुसी भएका छन् ।

बजारसम्म ओहोरदोहोर गर्न, बिरामी पर्दा र गाउँमा फलेका तराकारी, अन्नपात बिक्रि गर्न सहज हुने स्थानियको भनाई छ । मिक्वाखोलाको वडा नं १, २ र ३ का प्रत्येक गाउँसम्म सडक विस्तार भएको छ । ति सबै ठाउँमा अब सवारी सञ्चालन हुनेछन् ।

गाडी तारिएको स्थानमा निर्माणाधिन सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । दुई महिनाभित्र पुल निर्माण सकिने र त्यतिन्जेल खोलाबाटै सवारी सञ्चालन गरिने वताईएको छ ।

गाउँपालिका केन्द्रसम्म भने तत्काल सवारी सञ्चालन हुने अवस्था छैन । लिवाङमा ३ वर्षअघि गएको पहिरो नथामिएका कारण केन्द्र रहेको साँवासम्म सडक पुर्याउन नसकिएको हो । सडक सञ्जालले सदरमुकाम सँग जोडिए सँगै खोक्लीङ, लिवाङ, साँवा, पापुङ, तोक्पेगोला लगायतका नागरिकलाई सहज भएको छ । 

यो सँगै जिल्लाका सवै स्थानिय तहमा सवारीसाधन पुगेपनि कच्ची सडक भएका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्दछ । विकासको मुख्य आधारको रुपमा लिईएको सडकलाई वाह्रैमास चल्ले वनाउने तर्फ भने सवैले ध्यान दिनुपर्छ । 


 

Comments