• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी वितरण
आनन्द पोखरेल  प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५

चितवन, १४ मंसिर ।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा स्टेशरी सामग्री प्रदान गरिएको छ । 

दुई वटा लायन्स, एउटा लियो क्लब, सहकारी तथा नारायणी मोटर्सले संयुक्त रुपमा छात्रवृत्ति तथा स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।

कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी मध्ये ७७ जनालाई कापी, कलम र झोला तथा ३० जना विद्यार्थीलाई एक वर्षसम्म लाग्ने सम्पूर्ण खर्च वापतको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा एभरेष्ट सहकारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिनुभयो ।

पैसाको अभावमा विद्यालय जानबाट बञ्चिन हुन नपरोस् भनेर सामुदायिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको चुकेको भनाइ छ । आगामी दिनमा समेत निरन्तर रुपमा विद्यालयमा आर्थिक तथा भौतिक सहयोग गरिरहने चुकेले बताउनुभयो । 

Comments