• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
आफ्नो पेशा भन्दै वडाअध्यक्ष विदेश जाने भएपछि महिला सदस्यको आपत्ती
भोजराज कार्की प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५

मंसिर १४ सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नं ९ का वडा अध्यक्ष अधिकाशं समय विदेशमा रहँदा सेवा प्रवाहमा समस्या भएको वडा सदस्यले बताएका छन । वडा अध्यक्ष काजी शेर्पा आफ्नो पर्यटन व्यवसायका लागि अघिल्लो वर्ष पनि अष्ट्रिया गएको र यो वर्ष पनि अष्ट्रिया जना लागेको भन्दै महिला वडा सदस्य आङ फुर्वा शेर्पाले आपत्ती जनाईन ।

वडा अध्यक्ष गाउँमा नहुँदा कार्यवाहक अध्यक्षले काम संचालन गर्दा प्रभावकारी काम गर्न नसकेको वडा सदस्य शेर्पाको भनाइ छ । “अघिल्लो वर्ष कार्यबाहक अध्यक्ष भएर काम गरे ।” सदस्य शेर्पाले भनिन्, “कार्यवहाक अध्यक्ष भएर काम गरीरहँदा स्थानियले अध्यक्ष हुनु पर्ने माग गरे ।” 

वडा अध्यक्ष नहुँदा महत्वपुर्ण निर्णय गर्न समस्या हुने बताईएको छ । यता वडा अध्यक्ष काजी शेर्पाले आफू १७ वर्ष देखि पर्यटन व्यवसायमा लागेकोले पर्यटनकै कामका लागि आफू अष्ट्रिया जान लागेको बताए ।

 “अब ४–५ दिनमा अष्ट्रिया जाने फिक्स भएको छ” वडा अध्यक्ष शेर्पाले भने, “तर वडाको कुनै पनि काम प्रभावित हुदैन ।”

“यहाँका युवाहरुले वडा अध्यक्ष आफ्नो व्यवासय भन्दै विदेश जाने हो भने तालाबन्दि गर्ने सम्मको चेतावनी दिएका छन् ।”वडा सदस्य आङफुर्वा शेर्पाले भनिन्, “फेरी यो बर्ष पनि बिदेश जान लाग्नुभएको छ, जनप्रतिनिधि भएपछि व्यवसाय भन्दा बढी जनताको सेवामा लाग्नुपर्ने हो ।”

 वडा अध्यक्ष काजि शेर्पाले भने महिला सदस्यले आफूले कार्यवाहक नपाएको आवेगमा आफूमाथि आरोप लगाएको जिकिर गरे । आफ्नो जागिर पर्यटन व्यवसाय भएको र त्यसको सिलसिलामा आफू विदेश जानलागेको अध्यक्ष शेर्पाको भनाई छ ।

आफूले विदेशमा रहेको समयमा कुनै पनि तलब भक्ता नलिएको भन्दै आफ्नो वडामा विकास निर्माण देखि अन्य काममा कुनै पनि किसिमको ढीलासुस्ती समेत नहुने दावी गरे । 

भोट माग्दानै बिदेश बस्छु भनेको थिए

  वडा अध्यक्ष शेर्पाले निर्वाचनको बेला तीन महिना आफु विदेशमा बस्ने भनेर जनतामाझ भनेको दावी गरे । आफुले जनतालाई कुनैपनि भ्रममा नपारेको अध्यक्ष शेर्पाको दावी छ ।

अरुले एक बर्षमा गर्ने काम मैले सात महिनामानै सक्छु । शेर्पाले भने, “तीन महिना विदेश जान्छु भनेर निर्वाचनको बेलै भनेको हो म संग जनता सन्तुष्ट छन् ।”

Comments