• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
युथ कांग्रेसले निकालेको विरोध प्रर्दशनमा प्रहरीकाे हस्तक्षेप
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५

काठमाण्डौ १४ मंसिर । अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जोर विजोर प्रणालीका लागू गरिएको भन्दै युथ कांग्रेसले निकालेको विरोध प्रर्दशनमा प्रहरले हस्तक्षेप गरेको छ । प्रहरीले र्यालीमा सहभागी केहि युवाहरुलाइ नियन्त्रणमा समेत लिएको छ ।

राज्यको कार्यक्रम नभई अन्तराष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले जनतालाई दुःख दिन खोज्नु आफूहरुलाई मान्य नभएको भन्दै युथ कांग्रेसले अवज्ञा गर्न मोटरसाइकल ‍र्याली निकाल्न खोजेको थियो ।

काठमाडौँको ज्ञानेश्वरबाट ‍र्याली निकाल्न रातोपुलमा भेला भएकाहरु र प्रहरीबीच केहीबेर सामान्य झडप पनि भएको छ ।

यता सरकारले व्यापक आलोचना, विरोध र अवज्ञा भएपछि शुक्रबार बिहान साढे ११ बजेपछि जोर विजोर प्रणाली हटाएको छ । नागरिकस्तरबाट सरकारको चर्को आलोचना भएपछि जोर बिजोर प्रणाली खारेज गरिएको हो ।

Comments