विराटनगर १२ मंसिर । महिला हिंसा र दूव्र्यवहार छैन हामिलाई स्वीकार भन्ने नाराका साथ विराटनगरमा आज महिला हिंसा विरुद्धमा प्रभात फेरि गरिएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा विराटनगरमा वृहत र्याली निकालिएको हो ।
र्यालीमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रदेशसभाका सांसदहरु, प्रदेशका मन्त्रालयका सचिवहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा अन्य सरोकारवाला संघ संस्था सहभागी थिए ।
विराटनगरको विरेन्द्रसभागृहबाट सुरु भएको र्याली बजारको विभिन्न भागको परिक्रममा गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा मन्त्री थममाया थापाले सरकारले हिंसा अन्त्यका लागि सरकारले विभिन्न नीति योजना निर्माण गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्री थापाले सरकारले ल्याएको सामाजिक सेवा ऐनले समतामूलक समाज निर्माणमा भूमिका खेल्ने बताउनु भयो । सरकारले सबै पक्षको राय सुझावका आधारमा योजना तथा कार्यक्रम बनाउने, संयन्त्र निर्माण गर्ने लगायतका काममा लागेको जानकारी दिँदै अव परिणाममुखी काममा आफूहरु अगाडि बढेको जानकारी पनि दिनुभयो ।