• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
मोफसल समाचार
सुतैकै ठाउँमा दुई बालिका मृत भेटिए
भोजराज कार्की प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५

सोलुखुम्बु १२ मंसिर : खुम्बुपासाङल्हामु गाउँपालिकामा दुई बालीका सुतेकै ठाउमा मृत भेटिएका छन् । वडा नं २ लुक्लाको एभरेष्ट होटलमा काम गर्दै आएकी १६ वर्षिया संगना राई र होटलमै बसेर अध्ययन गर्दै आएकी उनकी ९ वर्षिया बहिनी खुसि राई सुतेकै अवस्थामा आज विहान मृत भेटिएको हो ।

महाकुलुङ गाउँपालिका वडा नं ३ छेस्कामका ती वालिकाहरु मध्ये संगना विगत ५ वर्ष तथा खुसि १ वर्ष देखि सोही होटलमा काम गर्दै आएका थिए । बेलुका काम सकेर सुतेका बालिकाहरु विहान अवेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा उनिहरु मृत अवास्थामा भेटिएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो ।

 घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक सालिग्राम शर्मा सहितको टोली पुगी कागजी प्रकृया पुरा गरेको छ । शवलाई पोष्ट माटमका लागी हेलिकप्टर मार्फत जिल्ला अस्पताल फाप्लुमा ल्याइएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

 

Comments