• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
सरकारले गरेका सकारात्मक कामको उचित मुल्यांकन हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५

काठमाडौं १२ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका सकारात्मक कामको उचित मुल्यांकन हुनुपर्ने बताउनुभएको छ ।

गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वाभिक भएपनि सकारात्मक कामको पनि मुल्यांकन गर्नुपर्ने बताउनुभयो । उहाले सरकारले विस्तारै गति लिन थालेको भन्दै नकारात्मक टिका टिप्पणीहरुमात्रै बढी भएको धारणा पनि राख्नुभयो ।

त्यस्तै उहाले  सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिनुभयो ।  मन्त्री ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम लागूभए पछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उल्लेख गर्नुभयो ।

हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि नै योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको उहाले बताउनुभयो । 

कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दा भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महत मार्फत सहयोग रकम उपलव्ध गराइएको हो ।

Comments