• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
स्वास्थ्य
झापा औलो रोगकाे उच्च जाेखिममा
प्रकाशित मिति: शुक्रबार, कार्तिक १६, २०७५

दमक । औलो रोगमा झापा उच्च जोखीममा रहेको छ । शुक्रवार दमक नगरापालिका स्वास्थ्य शाखाले गरेको अन्र्तक्रियामा झापा सहित देशका १३ वटा जिल्लामा औलोको प्रकोप उच्च देखीएको जनाइएको हो ।

झापामा गत जनवरी देखी अक्टोवर सम्ममा  ७ जना  औलोको बिरामी देखीएका कारण पनि जिल्ला उच्च जोखीममा देखीएको हो ।

यो सँगै प्रदेश १ का अन्य जिल्लामा पनि औलोका बिरामीहरु भेटिएको छ । इलाम र सुनसरीमा  २÷२ जनामा औलोको संक्रमण देखीएको र मोरङमा ३ जनामा  औलोका संक्रमित भेटिएको तथ्याकं सार्वजनिक भएको हो ।

दमक  स्थित दमक अस्पताललका  निमित्त मेडिकल सुपरिटेण्डेन्ड  बिपीन पाण्डेले सहजीकरण गरेका थिए । उनले दमकमा बिगत ३ वर्ष देखी औलौका संक्रमित नभेटिएको बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न भएको अन्तक्रिया कार्यक्रममा दमकका बिभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य क्षेत्रका सरोकारवाला सँग औलो नियन्त्रण बिषयमा अन्र्तक्रिया भएको थियो ।

औलौ नियन्त्रण गर्नका लागि  घर, गाउँ, शहर तथा हरेक क्षेत्रमा सफा , सुग्घर राख्नु पर्ने नगरपालिकाका स्वास्थ्य संयोज इन्द्र  अर्यालले बताए । नगरमा औलो छिर्नै नदिनका लागि बिभिन्न औलो नियन्त्रक कार्यक्रम तत्कालै गर्न नगर प्रमुख ओलीले आग्रह गरेका छन् ।

Comments